साप्ताहिक संवाददाता
अमेरीकाको न्यूरोर्कमा आगामी सेप्टेम्बर ३० तारिक देखि अक्टोबर २ सम्म तीनदिने बृहत्त ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ हुने भएको छ ।
प्रदर्शनीलाई विश्व बजारमा नेपालीहरुले आयोजना गरेको अहिले सम्मकै ठूलो प्रदर्शनीको रुपमा बनाइने आयोजकको दावी छ ।
नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गराउन तथा व्यापार नेटवर्क स्थापित गर्ने उदेश्यले यस किसीमको प्रर्दशनी गर्न लागिएको एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले बताए । मेरील्याण्डमा दर्ता भएको यो संस्थाले विभिन्न देशका खरिदकर्ताहरुलाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ नेटवर्क सञ्चालन गर्न मद्धत गर्ने छ भने यो प्रदर्शनीमा नेपालको साना, घरेलु र मझौला उद्योगीहरू सहाभागी हुने भएका छन् ।
प्रर्दशनीमा कृषि उत्पानहरु, बाँस, निगालो, कागजबाट बनेका सामान, प्लाष्टिक तथा माटोबाट बनेका सामान हस्तकला, चित्रकला, पस्मिना, गार्मेण्ट, टुरीज्म एण्ड ट्राभल एजेन्सीहरु, टेकिङ्ग, हाईकिङ्ग तथा जोखिमपूर्ण काम गर्ने पर्यटन उद्योगीहरुले आफ्ना उत्पादन, बस्तु तथा सेवाहरु राख्न सक्ने अध्यक्ष रेग्मीले बताए । विशेष गरी ईलामको चिया, गुल्मीको कफि, डोल्पाको यार्सा गुम्वा, जुम्लाको स्याउ, पाल्पाको ढाका–करुवा उत्पादनलाई प्राथमिकता दिइएको छ ।
नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारमा पुरयाउनु तथा नेपाललाई नै विश्व बजार सँग जोडनु मेलाको मुख्य उदेश्य रहेको उनको भनाई छ ।