साप्ताहिक संवाददाता
वैशाख १६, २०७३
कुन्साङ डान्स सेन्टरद्वारा सञ्चालन गरिएको गाउँदेखि सहरसम्मको खोजी प्रतिभा अभियानमा नृत्यतर्फ ताप्लेजुङ नगरपालिकाकी सन्ध्या श्रेष्ठले उपाधि हात पारेकी छिन् ।
लिटल बुद्ध आवासीय माविमा कक्षा १० मा अध्ययनरत श्रेष्ठले अन्तिम प्रतिस्पर्धामा छनौट भएका पाँच जनालाई पछि पार्दै चाँदीले लेपन गरेको नटराजको शिल्डसहित पुरस्कार जितेकी हुन् । यो प्रतिस्पर्धामा अक्सफोर्ड माविका साहिल लिम्बूले गायनतर्फको उपाधि चुमे । प्रतिस्पर्धामा नृत्यतर्फ पूजा लिम्बू र निरुता लिम्बू द्वितीय र तृतीय भए भने गायनतर्फ सञ्जु लिम्बू र रविन सानुभाई द्वितीय र तृतीय भए ।