साप्ताहिक संवाददाता
वैशाख १८, २०७३
मुन्द्रे सर, मेरो तीन वर्ष पुरानो जुत्ता बेच्न सक्छु ?
प्रकाश पन्त
जुत्ता बेच्न त सकिन्छ तर जुत्ता कस्तो हो । तीन वर्षमा जुत्ताको तलुवा मात्र बाँकी रहन्छ । जुत्ताको कन्डिसन हेरेर मात्र केही भन्न सकिन्छ ।
मुन्द्रे दाइ, हजुरको पहाड घर कुन जिल्ला हो ?
छविलाल कुमाल, दाङ, हाल: मलेसिया
मेरो पहाड घर सिन्धुपाल्चोक जिल्ला हो ।
हँसाएर दर्शकलाई मार्नुहुन्छ । हजुर यो देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
सन्देश प्रधान
मैले अहिलेसम्म दर्शकलाई मारेको रेकर्ड छैन । दर्शक मार्ने मेरो उद्देश्य पनि होइन । म देशको प्रधानमन्त्री हुन्छु भन्ने कुरा सोचेको पनि छैन र हुने पनि होइन ।