साप्ताहिक संवाददाता
वैशाख १९, २०७३
बेनिशा हमाल चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढि रुचाइएकी अभिनेत्री हुन् । केकी अधिकारीसँगै अभिनय क्षेत्रमा आएकी बेनिशाले केकीको तुलनामा निकै कम चलचित्र पाएकी छिन् ।
म्युजिक भिडियोमा भने बेनिशाको अभिनयलाई निर्देशकदेखि दर्शकसम्मले रुचाएका छन् । यतिबेला बेनिशाको उत्साह चुलिएको छ । निर्देशक सबिर श्रेष्ठले बेनिशालाई चलचित्र ‘किङ’ मा अभिनेता निखिल उप्रेतीको जोडीका रूपमा अनुबन्ध गरेपछि उनको उत्साह बढेको हो ।
अघिल्लो साता शुभमुहूर्त गरिएको यो चलचित्रमा बेनिशासँग जोडी बन्न लागेकोमा निखिल पनि उत्साहित छन् । दुवै पहिलो पटक जोडीका रूपमा देखिन लागेका हुन् । उनीहरूसँगै अभिनेता अनुप विक्रम शाही पनि चलचित्रमा सशक्त भूमिकामा प्रस्तुत हुँदैछन् ।