साप्ताहिक संवाददाता
वैशाख १९, २०७३
सुप्रसिद्ध कलाकार मह जोडीसहित महसञ्चारको टोली युरोपका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ । यो टोलीले अहिलेसम्म नर्वे, फिनल्यान्ड, डेनमार्क, पोल्यान्ड, स्वीडेन तथा स्पेनका विभिन्न सहरमा गैरआवासीय नेपाली संघको संयोजनमा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिसकेको छ । मह जात्राको यो शृंखला २०१६ जुन १० तारिखसम्म चल्नेछ ।
यस पटकको युरोप मह सञ्चार सांस्कृतिक यात्रामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यका अतिरिक्त युवा कलाकारहरू यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठीलगायत संलग्न छन् ।
मह सञ्चारको यो टोलीले आगामी दिनमा युरोपका अन्य देश पोर्चुगल, स्विट्जरल्यान्ड, बेल्जियम, अस्ट्रिया, ग्रिस, फ्रान्स, जर्मनी आदिमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ ।