भारतीय सञ्चारमाध्यमहरूधलाई विश्वास गर्ने हो भने पछिल्लो समयमा नायिका आलिया भट्ट र नायक सिद्धार्थ मलहोत्रा अफेयरमा छन् । एक अन्तर्वार्ताका क्रममा सिद्धार्थले आफ्नो जीवनको सबैभन्दा नजिकका व्यक्तिमध्ये आलिया एक भएको बताएका थिए ।
यद्यपि अहिले उनीहरूबीचको सम्बन्धमा समस्या उत्पन्न भएको बताइन्छ । एक खबरअनुसार उनीहरू दुवै एक नजिकको मित्रको पार्टीमा गएका थिए, जहाँ आलियाका एक्स ब्वाइफ्रेन्ड अलि दादरकर पनि उपस्थित थिए । पार्टीमा पुग्नेबित्तिकै आलिया आफ्ना एक्स ब्वाइफ्रेन्डलाई भेट्न पुगिन् । एक्स ब्वाइफ्रेन्डसँग उनले खुलेर हाँस्दै कुराकानी गरिन् । यो सबै दृश्य हेरिरहेका सिद्धार्थ आलियाको व्यवहार देखेर अचम्मित भए ।
सिद्धार्थलाई आलियाको यो व्यवहार मन परेन, त्यसपछि उनी पार्टी बीचमै छोडेर बाहिरिए । पुन: अर्को एक पार्टीमा आलिया र सिद्धार्थको भेट भयो । सिद्धार्थले उक्त कुरा फेरि निकालेपछि उनीहरूबीच विवाद हुन पुग्यो । उक्त पार्टीबाट दुवै जना एकसाथ निस्किए तर अलग अलग कारमा ।