साप्ताहिक संवाददाता
हिक्मत बिष्टको निर्देशनमा बनेको चलचित्र ‘द वीनर’ भदौ १७ गतेबाट प्रर्दशनमा आउने भएको छ । हालै राजधानीमा आयोजित उक्त चलचित्रको टिजर तथा गीत सार्बजनिक कार्यक्रममा रिलिज डेट घोषणा गरिएको हो ।
भदौ १७ गते नै रजनी केसी अभिनित दुई चलचित्र ‘लालजोडी’ र ‘ब्रासलेट’ प्रदर्शन हुने घोषणा भैसकेको छ । कार्यक्रममा फिल्मको टिजरसहित ‘परी’ बोलको भिडियो गीत सार्बजनिक गरिएको थियो । सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ ।
अष्ट्रेलिया, नेपाल र दुबईमा छायांकन गरिएको चलचित्र ‘द वीनर’मा नेपाल र अष्ट्रेलियामा हुने संस्थागत अपराधको कथा प्रस्तुत गरेको कार्यक्रममा बताइएको छ । एक्सनप्रधान चलचित्र ‘द वीनर’ मा २०१२ की मिस नेपाल मलिना जोशी प्रमुख भुमिकामा छिन् भने महेशमान श्रेष्ठ, रेसु तामाङ, मन्चिन शाक्य, राजकुमार पन्त, अमित गिरी आदि कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र ‘द वीनर’ मा सिर्जना शाह, बिकास खरेल, अमित गिरी, राजेश प्रसाद जोशी र निरज श्रेष्ठको लगानी रहेको छ । रितेश राणा र सुशिल पन्त चलचित्र ‘द वीनर’का कार्यकारी निर्माता हुन् ।
द वीनरको परी गीत