साप्ताहिक संवाददाता
प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता हुदाँ स्नेहा श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । २२ वर्षीया स्नेहाले राष्ट्रिय टिमबाट १७ औं एसियन गेम्स (सन् २०१४), थ्री बाई थ्री वल्र्ड च्याम्पियनसिप (सन् २०१२), एसियन बिच गेम्स गेम्स (२०१२ र २०१४) पनि खेलेकी छिन् । स्नेहासँग साप्ताहिकको पाँच प्रश्न :
कसरी बास्केटबल खेलाडी बन्नुभयो ?
स्कुलमा छँदा नै खेल्न थालेकी थिएँ । एसएलसीपछि ट्यालेन्ट हन्टमा छनौट भए । त्यसपछि कलेज पढ्दा पनि खेललाई जारी राखे । ६ वर्षअघि प्राइम कलेजबाट खेल्न थालेयता निरन्तर खेलिरहेकी छु ।
अहिलेको अवस्थामा आइपुग्न कति मेहनत गर्नुपर्यो ?
म पहिले राम्रो खेलाडी थिइनँ । प्रशिक्षकले खेल्न सक्छ्यौं भनेर प्रेरणा दिइरहनुहुन्थ्यो । धेरै नै मेहनत गर्नुपर्यो । टिमसँग दैनिक ३–४ घण्टाजति अभ्यास गर्छु ।
उपाधि कतिजित्नुभएको छ ?
सन् २०१० देखि कलेज र क्लबस्तरीय बास्केटबल खेल्न थालेपछि राष्ट्रिय प्रतियोगिता एवं प्राइम कपको उपाधि गुमाएको छैन । राष्ट्रिय प्रतियोगिता र प्राइम कपमा २–२ पल्ट मोस्ट भ्यालुएबल प्लेयर पनि भएकी छु ।
फेवरेट प्लेयर को हो ?
कोबी ब्रायन्ट (अमेरिका) ।
अरू मनपर्ने खेल र खेलाडी ?
फुटबल र वायनी रुनी । म म्यान्चेस्टर युनाइटेडकी फ्यान पनि हुँ ।