साप्ताहिक संवाददाता
वैशाख २४, २०७३
सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिने बाँकेको नेपालगन्जस्थित वागेश्वरी देवीको मन्दिरमा जिब्रो छेडेर रगत चढाउने परम्परा छ ।
वागेश्वरी मातालाई खुसी पार्न सके सबै मनोकामना पूरा हुने जनविश्वास रहेकाले रामनवमीका दिन मधेसी समुदायका मानिसहरू जिब्रो छेडेर मातालाई रगत चढाउँछन् । ठूलो तलाउको बीचमा अवस्थित उक्त मन्दिरमा जुँगा भएका महादेवको मूर्ति स्थापना गरिएको छ ।