साप्ताहिक संवाददाता
वैशाख २८, २०७३
पत्रकार किशोर नेपालद्धारा लिखित मिडिया सिद्धान्त, सुत्र र प्रयोग पुस्तकको आज लोकार्पण गरियो ।
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गर्नु भएको लोकार्पणमा पत्रकार नारायण वाग्ले, पत्रकारिताका प्राध्यापक पि. खरेलको उपस्थिती रहेको थियो ।
लामो समय नेपाली पत्रकारीताको क्षेत्रमा सक्रिय रहेका नेपालले उक्त पुस्तकमा आफ्नो अनुभव र पत्रकारीताका ज्ञानहरुलाई समावेश गरेका छन् । पत्रकारीतामा सक्रिय रहेका र पत्रकारीतामा चाख राख्ने सबैलाई उक्त पुस्तक उपायोगी हुने देखिएको छ । उक्त पुस्तकलाई वि रिडले बजारमा ल्याएको हो ।