नयाँ पहिरन खरिद गरेपछि ट्रायल रुममा पसेर पहिरन फेर्दा विशेष सावधानी अपनाउनुपर्छ ।
कतिपय ट्रायल रुममा हिडेन क्यामेरा (नदेखिने गरी जडित क्यामेरा)बाट भिडियो रेकर्ड भैरहेको हुनसक्छ । ती भिडियो इन्टरनेट मार्फत फैलने सम्भावना हुन्छ ।
ट्रायल रुममा राखिएको ऐना पनि नक्कली हुनसक्छ । त्यस्तो ऐना अगाडि कपडा परिवर्तन गरेको अर्को व्यक्तिले हेरिरहेको हुनसक्छ । त्यसैले ऐना राखिएको स्थानमा कुनै खाली भाग छ भने शंका गर्नुपर्छ ।
ट्रायल रुममा पसेर कसैलाई फोन गर्नुपर्छ । यदि नेटवर्क आएन भने त्यहाँ हिडेन क्यामेरा जडान भएको हुनसक्छ ।
ट्रायल रुममा पस्नासाथ बत्ती अफ गर्नुपर्छ । अध्याँरोमा कतै रातो वा हरियो बत्ती बलिरहेको छ भने त्यहाँ हिडेन क्यामेरा राखिएको हुनसक्छ ।
फोटो फ्रेमको पछाडि, कपडा राख्ने हुक वा पंखा, फूलको गमला आदिमा हिडेन क्यामेरा हुनसक्छ ।