साप्ताहिक संवाददाता
वैशाख ३१, २०७३
शारीरिक तन्दुरुस्तीका लागि ‘जिमखाना’ अर्थात् फिटनेस सेन्टर धाउने युवाहरूको संख्या बढिरहेको छ । युवाहरूलाई नै मध्यनजर गरेर ललितपुरको एकान्तकुनामा ‘प्लाटिनम फिटनेस सेन्टर’ संचालित छ ।
दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता सचित प्रधानले साथी अनिल श्रेष्ठसँग मिलेर उक्त फिटनेस सेन्टर खोलेका हुन् । यो सेन्टरमा किक बक्सिङ, बक्सिङ, एरोबिक, जुम्बा, साल्सा डान्स, जिम, साउना, स्टिम र कार्डियोसहित क्याफेको सुविधासमेत उपलब्ध छ ।