जेष्ठ १, २०७३
क्यामेरा बोक्ने झन्झटबाट मुक्ति दिन सोनीले आँखामै लेन्स राख्न मिल्ने सुविधाको तयारी गरिरहेको छ । सोनीले बनाएको कन्ट्याक्ट लेन्सलाई आँखामा राख्न सकिन्छ र हामी जहाँ जान्छौं, ती सबै स्थानको भिडियो रेकर्ड गर्न सकिन्छ । आफूले चाहे दिनभरको भिडियो पनि निर्माण गर्न सकिन्छ ।
उक्त कन्ट्याक्ट लेन्स निकै स्मार्ट छ । हामीले आँखा झिम्क्याउँदा भिडियो रेकर्ड नहुने हुँदा त्यसलाई यसले आफैंले डिलिट गरेर मिलाउँछ । त्यसैगरी यसले फोटो खिच्ने, ब्लर इमेजलाई अटो करेक्ट, अटो फोकस र अटो जुम गर्ने आदि सबै कार्य गर्छ ।
सोनीले सन् २०१४ मा यसको पेटेन्ट दर्ता गराएको थियो । सामसुङले पनि यस्तै प्रकारको लेन्सको पेटेन्ट दर्ता गराएको छ । यद्यपि सामसुङको लेन्स स्मार्टफोनबाट नियन्त्रित हुन्छ । जबकी सोनीको यो स्मार्ट लेन्सले सबै कुरा आफैं नियन्त्रित गर्छ ।