साप्ताहिक संवाददाता
टुँडिखेलमा शनिबार आयोजना गरिएको अमरपन्छी कन्सर्ट कार्यक्रममा नेपाली चलचित्र र भारतीय चलचित्रका नायिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकलाई मोहित पारेका छन् ।
भूकम्पपीडितहरूको सहयोगार्थ आयोजना भएको उक्त कार्यक्रममा बलिउडकी नायिका सोनाक्षी सिन्हा र मलाइका अरोराले डान्सिङ नम्बरका विभिन्न गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । स्टेजमा पहिले उत्रिएकी सोनाक्षीले गो गोविन्दा र गन्दी वातमा नृत्य प्रस्तुत गरेकी थिइन् भने दोस्रो चरणमा उनले डिजेवाला बाबु गाना चलादो बोलमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए गीतको नृत्यबाट थप चर्चामा आएकी मलाइका अरोराले सोही गीतलगायत चिटिया कलाइया, अनारकली डिस्को चली र फेबिकोल से गीतमा नृत्य गरेर दर्शकहरूलाई नृत्य गर्न बाध्य पारेकी थिइन् ।
दुवै बलिउड नायिकाले आफ्नो कार्यक्रमको समापनपछि छोटो नेपाली शब्द बोलेर दर्शलाई खुसी तुल्याउने कोसिस गरेका थिए । उनलीहरूले नेपाली दर्शक देखेर खुसी लागेको स्टेजबाटै बताउँदा दर्शकहरूले थप ताली बजाएर धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रमा नेपाली चलचित्रकी नायिकाहरू प्रियंका कार्की, रेखा थापा, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र स्ुष्मा कार्कीले पनि नृत्य प्रस्तुत गरेकी थिइन् भने गायीका इन्दिरा जोशीले आफ्नो लोकप्रिय गीतहरूलाई प्रस्तुत गरेकी थिइन् ।
तस्विरहरु: महेश प्रधान