साप्ताहिक संवाददाता
जेष्ठ २, २०७३
कुशल नृत्यांगनाबाट नायिका बन्न सफल कलाकार हुन्— माला लिम्बू । ‘वान वे’ चलचित्रबाट रजतपटमा उदाउनुअघि मालाले दर्जनौं स्टेज कार्यक्रममा आफूलाई नृत्यांगनाका रूपमा प्रस्तुत गरिसकेकी छिन् ।
हरेक विधामा आकर्षक नृत्य गर्ने यी फेसनेवल नायिकाले यतिबेला अर्को एउटा विधामा समेत हात हालेकी छिन् । अब उनलाई दर्शकले म्युजिक भिडियोमा समेत हेर्न पाउनेछन् । स्टेज तथा चलचित्रमा व्यस्त नभएका बेला म्युजिक भिडियोका लागि समय दिने भन्दै नायिका लिम्बूले यतिबेला गायक राजेश लामाको पछिल्लो गीत ‘नक्कली नानी...’रोजेकी छिन् । नृत्यपरक यो गीतमा मालालाई गायक लामाले त साथ दिएका छन् नै, साथै उनलाई बिबोइङ गर्ने कलाकारहरूको पनि साथ छ । निकेश खड्काद्वारा निर्देशित यो भिडियोको प्रसारणसँगै मालाले थप म्युजिक भिडियोमा काम गर्ने संकेत दिइसकेकी छिन् ।