जेष्ठ २, २०७३
इटालीका पूर्व स्टार खेलाडी फ्रान्सिस्को टोटीका प्रशंसक विश्वभर छन् । उनले आफ्नो पूरा खेल जीवन खालि एउटै क्लबका लागि मात्र खेले, एएस रोमा ।
त्यसैले पनि रोमाका समर्थक टोटीलाई भगवान जस्तै मान्छन् । त्यसैमा एक हुन्— थोमस जोन्सन । उनी टोटीलाई कति धेरै मन पराउँछन् भने उनले आफ्नो ढाडमा एउटा गबजको ट्याटु नै बनाएका छन् ।
त्यसमा टोटी गोलको खुसी मनाइरहेको मुद्रामा देखिन्छन् भने पृष्ठभूमिमा रोमको ऐतिहासिक धरोहर छ । हालै मात्र टोटीले पनि आफ्ना ती समर्थकलाई भेटे र आफूप्रतिको मायाका लागि धन्यवाद दिए । यस क्रममा टोटीले ट्याटु देखाउँदै जोन्सनसँग तस्बिर पनि खिचाए ।