जेष्ठ ४, २०७३
युक्रेनको भेलिकाया कोपानाया गाउँ ल्यान्ड अफ द ट्विन्स अर्थात् जुम्ल्याहाको भूमिका रूपमा चिनिन्छ ।
यो गाउँको जनसंख्या ४ हजार छ । रोचक त के छ भने यो गाउँमा जन्मने नयाँ बच्चाहरू लगातार जुम्ल्याहा नै जन्मिन थालेका छन् । यो गाउँमा जन्मिएका ती ६१ जोडी जुम्ल्याहाको नाम युक्रेनको राष्ट्रिय कीर्तिमानी पुस्तकमा दर्ता भैसकेको छ । गिनिज बुकमा पनि यो गाउँको नाम लेखिने तयारी भैरहेको छ ।
गाउँलेहरूका अनुसार सन् २००४ पछि यो गाउँमा बढी मात्रामा जुम्ल्याहा जन्मन थालेका हुन् । यो गाउँमा मानिस मात्र होइन, पशुहरू पनि जुम्ल्याहा जन्मने क्रम बढेको बताइन्छ ।