जेष्ठ ६, २०७३
वेस्ट इन्डिजका ब्याट्सम्यान टिनो बेस्टको आत्मकथा ‘माइन्ड द विन्डोज’ अहिले विश्व क्रिकेटमा चर्चाको विषय बनेको छ ।
त्यसो हुनुको कारण हो, उनको यौन आशक्ति । उक्त पुस्तकमा टिनोले दाबी गरेका छन्, उनले पछिल्ला १० वर्षमा ६ सयभन्दा बढी महिलासँग यौनसम्पर्क राखेका छन् । खासमा उनी त्यस्ता थिएनन्, तर मेलिसा नामकी महिलासँगको प्रेम सम्बन्ध टुटेपछि ३४ वर्षीय बेस्ट यस्तो प्रकृतिको भएका हुन् । उनले पुस्तकमा दाबी गरेका छन्, ‘म सम्भवत: बढी नै सुन्दर छु, त्यसैले महिलाहरू मप्रति चाँडै नै आकर्षित हुन्छन् र त्यो आकर्षण सजिलै शारीरिक सम्पर्कसम्म पुग्छ ।’