जेष्ठ ८, २०७३
नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल यूएसए द्वितीय विजेता नवीना बस्नेतलाई अवैतनिक सद्भावना दूतमा नियुक्त गरेको छ । बस्नेतलाई दुई वर्षका लागि सद्भावना दूतमा नियुक्त गरिएको बताइन्छ ।
२००८ देखि अमेरिकामा रहेकी नवीनालाई नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै नेपाललाई पर्यटनको पहिलो गन्तव्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशाका साथ जिम्मेवारी तोकेको बताइएको छ ।