साप्ताहिक संवाददाता
जेष्ठ ८, २०७३
सुरज भुषालको प्रतिक्षित चलचित्र ‘गाँठो’को ‘थिम सङ’ शनिवार सार्वजनिक गरिएको छ । यससँगै क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरियो । मौन, होस्टल रिर्टन्स जस्ता चलचित्रबाट चर्चामा आएका भुषालको यो चलचित्र भने आगमी भदौ अन्तिम साता प्रदर्शनमा आउनेछन् ।
‘गाँठो’मा उनले होस्टल रिर्टन्सकै नजिर हुसेन र अभय बराललाई दोहोर्याएका छन् । नायिकामा भने यसै चलचित्रवाट नम्रता श्रेष्ठले डेब्यु गर्दैछिन् । बुटवल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रको लगानीकर्ता तिलकबहादुर क्षेत्री र सुरज भुषाल हुन् । चलचित्र पोखरा आसपासमा छायांकन गरिएको हो ।
चलचित्र ‘गाँठो’को थिम सङ