साप्ताहिक संवाददाता
जेष्ठ ९, २०७३
रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बा नाटक निर्देशनमा संलग्न भएकी छिन् । नेपाली रंगमञ्चमा झन्डै एक दशक बिताइसकेकी अभिनेत्री सुब्बाले लिम्बू मिथमा आधारित ‘युमा’ नाटक निर्देशन गर्दैछिन् ।
उक्त नाटक जेठ ७ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ । युग पाठकले लेखेको उक्त नाटकमा पशुपतिराई, अंकित खड्का, जीवन भट्टराई, केनिपा सिंह, लक्ष्मी बर्देवा, सुलक्षण भारती,रेनु कार्की, सन्देश लामिछाने, बिनिता गुरुङ,रञ्जना ओली आदिले अभिनय गर्दैछन् ।