जेष्ठ ९, २०७३
रनवे नेपालले शनिबार काठमाडौंमा सम्पन्न गरेको ‘नेपाल फेसन आइकन– २०७३’ को उपाधि अनिष तामाङ तथा सिर्जना देवकोटाले जितेका छन् । सृजनाले भ्युअर्स च्वाइस एवार्ड पनि जितिन् भने अनिषले मिस्टर फिजिक्सको उपाधिसमेत जिते ।
प्रतियोगितामा निभय नकर्मी तथा सपना भेटवालले फस्ट रनर्सअप तथा राघव ढकाल तथा आकृति राजभण्डारीले सेकेन्ड रनर्सअपको उपाधि आफ्नो पक्षमा पारे । प्रतियोगितामा समीप आचार्यले भ्युअर्स च्वाइस एवार्ड जिते ।
गीत–संगीत तथा फेसन शोसहितको प्रतियोगितामा आइस्ता जोशीले बेस्ट फिगर, नीलम खुसी तथा अभि क्षेत्रीले मल्टिमिडिया, स्नेहा लामा तथा विशाल शाक्यले बेस्ट पर्सनालिटी, सपना भेटवाल तथा जोन तामाङले फेसनिस्टा, अञ्जना गौतम तथा सुनिल गोपालीले मस्ट ट्यालेन्टेड तथा आइस्ता जोशी र सुरज पुरीले फोटोजेनिकको उपाधि जितेका छन् ।