साप्ताहिक संवाददाता
जेष्ठ ११, २०७३
काठमाडौंमा आयोजना भएको ज्वेलरी एक्सपोको अन्तिम दिन विभिन्न गहना कम्पनीहरूले आफूले तयार पारेका गहनाहरूको फेसन सोको आयोजना गरेका छन् ।
होटल याक एन्ड यतीमा आयोजना भएको ज्वेलरीजम सेसन टु फेसन सोमा १५ वटा ज्वेलरी र एक घडी कम्पनीले आफ्नो सामग्रीहरुलाई प्रदर्शन गरेका थिए । उक्त फेसन सोमा मिस नेपाल अश्मी श्रेष्ठ, मिस नेपाल अर्थ रोशनी खत्री, मिस नेपाल इन्टरनेसनल वर्षा लेखी, प्रियंका कार्की, सहाना बज्राचार्यलगायतका मोडलहरूले गहना लगाएर क्याटवाक गरेका थिए ।