जेष्ठ १२, २०७३
सङ्घर्षबिना जीवन सफल हुँदैन
निराश नहोऊ सधैं असफल हुँदैन
आकाशलाई पनि अँध्यारोले ढाक्छ
बिहानी हुन्छ दिन असफल हुँदैन ।
एउटा दृढ संकल्प लिएर अगि बढ
लक्ष्य भए जीवन असफल हुँदैन ।
कर्म गर कर्ममै विश्वास गर
कर्म गर्नेको जीवन असफल हुँदैन ।
नहेर जन्मदै खुसी लिएर आउनेलाई
दु:खमा पनि जीवन असफल हुँदैन ।