हरेक व्यक्तिको स्वभाव अलग–अलग हुन्छ । ऊ आफ्नो स्वभावअनुरूप नै पहिरन छनौट गर्छ । व्यक्तिको पहिरन शैलीबाटै उसको स्वभावको अनुमान लगाउन सकिन्छ ।
प्रोफेसनल
केही व्यक्ति प्रोफेसनल पहिरन रुचाउँछन्, उनीहरू आफ्नो प्रोफेसनअनुरूप पहिरन चयन गर्छन् । यस्ता व्यक्ति सधैं प्रोफेसनल नै देखिन्छन््, चाहे त्यो कुनै विवाह पार्टीमा जाने कुरा नै किन नहोस् । यिनीहरू चाँडै कसैको प्रभावमा आउँदैनन् तर अरूलाई प्रभावित गर्ने मामिलामा माहिर हुन्छन् । यिनीहरू आफ्नो विशेष पहिचान बनाउन मन पराउँछन् ।
जे उपलब्ध भयो त्यही
केही व्यक्ति पहिरनको नाममा जे उपलब्ध भयो त्यही लगाउँछन् । यिनीहरू म्याचिङ पहिरन लगाउँदैनन् । यिनलाई सर्टका साथमा पाइजामा, फल्स नराखी साडी, अफिसमा हवाई चप्पल लगाएको देख्न सकिन्छ । यस्ता व्यक्ति लापरवाह हुन्छन् । यिनीहरू निर्णय लिन सक्दैनन् भने समाजको बढी परवाह पनि गर्दैनन्, मात्र आफ्नो संसारमा मस्त रहन्छन् ।
फूलपातको डिजाइन
फूलहरूको डिजाइनयुक्त पहिरन लगाउने व्यक्ति स्वतन्त्र रहन रुचाउने खालका हुन्छन् । यिनीहरू मिलनसार एवं हँसमुख प्रवृत्तिका हुन्छन् र प्रकृतिसँग नजिक रहन रुचाउँछन् । यिनका मित्रजनको संख्या बढी हुन्छ । यिनलाई बढी रोकटोक मन पर्दैन ।
सफा र सही फिटिङ
केही व्यक्ति जहिल्यै सही फिटिङ लगाउन रुचाउँछन् । यस्ता व्यक्तिमा भरपुर आत्मविश्वासबाट हुन्छ र हरेक काम राम्रोसँग गर्छन् । यस्ता व्यक्ति घर, अफिस, विवाह पार्टी हरेक स्थानमा अनुशासनमा रहन मन पराउने खालका हुन्छन् ।
पशुपन्छी र भूतका डिजाइन
केही व्यक्ति यस्ता पनि हुन्छन् जो जंगली जनावर वा भूतका प्रिन्ट रुचाउँछन् । यस्ता व्यक्तिको स्वभाव कठोर हुन्छ । यिनमा दया वा सहानुभूति नामको कुनै कुरा हुँदैन । यिनीहरू मतलबी खालका हुन्छन्, जो आफ्नो स्वार्थका लागि कुनै पनि हदसम्म जान सक्छन् ।
कम र सेक्सी
यस्ता डिजाइन रुचाउनेहरू स्वतन्त्र विचारधाराका, आत्मविश्वासी एवं फ्लर्टी हुन्छन् । यिनीहरू सेक्सी पहिरन लगाएर अरूलाई आकर्षित गर्ने चाहना राख्छन् । यस्ता व्यक्तिबाट इमान्दारिताको अपेक्षा राख्न सकिँदैन । यस्ता व्यक्ति खाऊ, पिऊ र ऐस आराम गर भन्ने कुरामा विश्वास राख्छन् । अरूलाई मूर्ख बनाउँदा यिनलाई आनन्द आउँछ ।
मैलो–पसिनायुक्त
फेसनअनुरूपकै पहिरन लगाए पनि कतिपयका पहिरन मैला, पसिना युक्त र प्रेस नगरिएका हुन्छन् । यस्ता व्यक्ति कन्जुस र लापरबाह स्वभावका हुन्छन्, जो मात्र आफ्ना बारेमा सोच्छन् । यिाीहरू मुडी हुन्छन् । अत: उनीहरूप्रति चाँडै विश्वास गर्नु गलत हुन्छ ।
भित्री वस्त्र
भित्री वस्त्रको छनौटले पनि व्यक्तित्वसम्बन्धी धेरै कुरा व्यक्त गर्छ । चाहे जति नै महँगा र फेसनेबल पहिरन किन नहोस्, यदि भित्री वस्त्र लुज खालको छ भने बाहिर देखिन्छ । त्यसले सम्बन्धित व्यक्ति हाँसोको पात्र हुन्छ । यदि आफ्नो आवश्यकताभन्दा बढी टाइट भित्री वस्त्र लगाइएको छ भने असहजता महसुस गर्नुपर्छ । यदि कसैले आफूलाई त्यस्तो असहजतामा भित्री पहिरन मिलाइरहेको देख्यो भने त्यहाँ आफ्नो व्यक्तित्वको मूल्यांकन नेगेटिभ हुन पुग्छ ।