जेष्ठ १६, २०७३
प्याज काट्दा आँसु आउँछ भने प्याजलाई केही समय फ्रिजमा राख्नुपर्छ ।
यदि घरमा पनिर बनाइँदैछ भने त्यसको पानी आटा मुछ्न प्रयोग गर्न सकिन्छ । किनभने यसमा क्याल्सियम, प्रोटिन आदि पौष्टिक तत्व हुन्छ ।
दूध तताउँदा उम्लिएर पोखिने डर भए, दूध तताउने भाँडा वरिपरी तेल लगाउनुपर्छ ।
कागती काट्नुअघि तातो पानीमा केहि क्षण डुबाउनुपर्छ, यसबाट कागतीको रस राम्रोसँग निस्कन्छ ।
महिनामा एकपटक मिक्स्चर ग्राइन्डरमा नुन हालेर चलाउनुपर्छ, त्यसले गर्दा ब्लेड
धारिलो हुन्छ ।
नुडल्स उमालेपछि त्यसमा चिसो पानी हाल्नुपर्छ ।