साप्ताहिक संवाददाता
साप्ताहिकमा मनोरन्जन मात्र नभएर अझै धेरै ज्ञानवद्र्धक सामग्रीका साथै विज्ञान तथा प्रविधिसम्बन्धी जानकारीहरू पनि प्रकाशित होस् ।
८४१२
साप्ताहिक २२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा धेरै–धेरै शुभकामना । अझ रोचक तथा नयाँ–नयाँ सामग्रीहरू प्रकाशन गर्दै जानुहोला । लाखौं पाठकको मन जित्न सक्नुहोस्– शुभकामना छ ।
सजिना काफ्ले, सृष्टि आचार्य, सुमन बन्जारा
भोलाराज सापकोटाको जीवनशैली गजबको लाग्यो । (जीवनशैली : ननभेज भोलाराज) उनको संघर्षले मन छोयो । आखिर निरन्तर संघर्ष गर्दै जाने हो भने मानिसले सफलता पाएरै छाड्ने रहेछ ।
तेजेन्द्र शर्मा
अनिता भाभीको विवाहलाई किन यति महत्व दिएको ? (अनिता भाभीको विवाह) बरु नेपाली विषयवस्तुहरूलाई नै स्थान दिएको भए हुने थियो ।
दिपेन्द्र क्षेत्री
वरिष्ठ पत्रकार किशोर नेपालको कुरा सही लाग्यो । (अन्तर्वार्ता : इन्टनेट इन्फमेसन हो, प्रिन्ट इमोसन) इन्टनेट नै सबै थोक होइन । फेरि यसमा सबैको सहज पहुँच पनि पुगिसकेको छैन ।
बिजय कुँवर
अमेरिका भने जस्तो सहज छैन । नेपाल बाहिरका नेपाली : अमेरिकी डिभी चिठ्ठा परेका नेपालीका सुख, दु:ख) नेपालमा बसेर सपना पाले जस्तो, कल्पना गरेजस्तो हुँदैन । अमेरिका पुगेपछि अझ थप संघर्ष गर्नुपर्छ । यो कुरा भोग्नेहरूलाई मात्र थाहा हुन्छ ।
राम बर्तौला, टेक्सास
आफैं तुना कस्सिने जुत्ता ? यो सामग्री पढेर अचम्म लाग्यो । (आफैं तुना कसिने जुत्ता) यसको मूल्य कति छ भन्ने कुरा पनि उल्लेख गरिदिएको भए हुने थियो ।
समिर विष्ट
नेपालमा भाइबरको पब्लिक च्याट पढेर धेरै कुरा थाहा पाइयो । (नेपालमा भाइबरको पब्लिक च्याट) भाइबरले पनि सूचना प्रवाहमा पर्याप्त सघाएको छ । यो परदेशमा हुनेहरूसँग कुराकानी गर्न सहज छ ।
नारायण रोकाया