जेष्ठ २०, २०७३
एलसिडी टेलिभिजनलाई नरम कपडाले पुछ्नुपर्छ । त्यसमा कुनै दाग छ भने थोरै पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्न सकिन्छ । स्क्रिनलाई धेरै रगड्नु हुँदैन ।
कम्प्युटरको स्क्रिनलाई डिसइन्फेक्टेन्टले सफा गर्नुपर्छ । किबोर्डको धूलो झार्न त्यसलाई उल्ट्याएर बिस्तारै सफा गर्नुपर्छ ।
वाटर फिल्टरलाई बेला–बेला सफा गर्नुपर्छ । फिल्टरको प्युरिफाइङ क्यान्डल्स निकालेर तातोपानीमा माइल्ड साबुनले धुनुपर्छ ।
स्टिम आइरनमा सधै डायल्युटेड पानी प्रयोग गर्नुपर्छ । कपडामा आइरन गरेपछि बाँकी रहेको पानी निकाल्नुपर्छ ।
आइरन सफा गर्न भिजेको स्पन्ज प्रयोग गर्न सकिन्छ ।