जब पार्टीमा नाच्ने वातावरण बन्यो, श्रद्धा कपुर ठुम्का लगाउन थालिहालिन् । परिवारसहित पार्टीमा सरिक हुन पुगेकी श्रद्धा परिवारका अन्य सदस्य बाहिरिएलगत्तै अभिनेता फरहान अख्तरको आलिंगनमा बाँधिएर नाच्न थालेकी थिइन् ।
चलचित्र बागीको सक्सेस पार्टीमा उक्त दृश्य देखिएको थियो । एक रिपोर्टअनुसार परिवारका सदस्य पार्टीबाट निस्किएपछि स्वतन्त्र भएकी श्रद्धाले आधारातसम्म फरहानका साथ रोमान्टिक डान्स गरिन् ।
त्यतिमात्र होइन् पार्टीबाट बाहिरिने क्रममा उनी फरहानसँगै एउटै कारमा निस्किन् । पछिल्लो समयमा बलिउडमा फरहान र श्रद्धाबीच अफेयर चलिरहेको हल्लालाई उनीहरूको यो क्रियाकलापले थप पुष्टि गरेको बताइन्छ । अभिनेता अख्तर श्रीमती अधुनासँग अलग्गिएपछि उनको नाम अलग–अलग नायिकासँग जोडिँदै आएको छ ।
चलचित्र वजिरमा फरहानको को–एक्टर अदिती रावसँग नाम जोडिएको थियो भने चलचित्र जिन्दगी ना मिलेगी दोबारा पछि कल्की कोचलिन आफ्नो प्रेमिका भएको फरहानले नै बताएका थिए । अहिले फरहान रकअन सिक्वेल नायिका श्रद्धासँगको रोमान्समा डुबेको दाबी गरिन्छ । पार्टीमा डान्स गर्ने क्रममा यो जोडीका कतिपय क्रियाकलाप भद्दा देखिएको भन्दै आलोचना समेत गरिएको छ ।