साप्ताहिक संवाददाता
जेष्ठ २१, २०७३
लूबाट छुट्कारा प्राप्त गर्न मिस्रीको सर्वतमा कागती मिसाएर पिउनुपर्छ ।
बालबालिकाको पेटमा समस्या भए अदुवाको रस, पाँच ग्राम तुलसीमा मिसाएर दैनिक तीन पटक पिउन दिनुपर्छ ।
आमाशयको समस्यामा तुलसीको पातको चिया पिउनुपर्छ ।
खोकी लागेको अवस्थामा पानको पातको जुस महमा मिसाएर पिउनुपर्छ ।
टन्सिल बढे पानीमा बेसार, चियापत्ती, ज्वानो र नुन मिसाएर कुल्ला गर्नुपर्छ ।
मधुमेहको समस्याबाट जोगिन काउली, ब्रोकाउली, हरिया सागसब्जी पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । दालचिनी पनि मधुमेह नियन्त्रण गर्ने घरेलु औषधी हो ।
नुन तथा बेसारमा केही थोपा तोरीको तेल मिसाएर माझ्दा दाँत चम्किलोका साथै स्वस्थ पनि हुन्छ ।