बलिउड अभिनेता सञ्जय दत्त जेलबाट बाहिर आएको तीन महिना बितेको छ । यो अवधिमा सञ्जयले आफ्नो अधिकांश समय परिवारका सदस्यहरूलाई दिएका छन् ।
सञ्जयले जेलमुक्त भएपछि हालै सार्वजनिक गरेका तस्बिरमा उनी परिवारका सदस्यहरूसँग असाध्यै खुसी देखिन्छन् । हालै मात्र सञ्जयले श्रीमती मान्यता तथा छोराछोरी शाहरान तथा इकरासँगका रमाइला क्षणका केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् । केही तस्बिरमा उनलाई मान्यतासँग नृत्य गरिएको देखिन्छ ।
तस्बिरसँगै सञ्जयले लेखेका छन्— ‘म तथा मेरो जीवनका तीन अनमोल हीरा, म यीनिहरूसँग छु र असाध्यै खुसी छु ।’ सञ्जयले सन् १९८७ मा रिचा शर्मासँग पहिलो विवाह गरेका थिए । क्यान्सरका कारण उनको निधन भएपछि सन् १९९८ मा सञ्जयले रियासँग विवाह गरे, तर सन् २००५ मा उनीहरूको डिभोर्स भयो । तेस्री श्रीमती मान्यतासँग सञ्जयले सन् २००८ मा विवाह गरेका हुन् ।