जेष्ठ २४, २०७३
बर्रोको बोक्रा चुस्दा खोकी तथा कफको समस्या ठीक हुन्छ ।
बर्रो र सख्खर (गुड) मिसाएर खाँदा आँखालाई फाइदा हुन्छ ।
बर्रोको बोक्रा पिसेर मह मिसाई आँखाबाहिर लेप लगाउँदा आँखा दुख्ने समस्या ठीक हुन्छ ।
बर्रोको गुदी (बीज) को तेल केशका लागि उपयोगी मानिन्छ ।
बर्रोको फलको चुर्ण र अश्वगन्धा चुर्ण बराबर मिसाएर एक चम्चा महसँग तातोपानीका साथ खाँदा मुटुरोगीलाई फाइदा हुन्छ ।
खाना खाएपछि आधादेखि १ चम्चा बर्रोको चुर्ण खाँदा खाना राम्रोसँग पच्छ ।
आधा चम्चा बर्रोको चुर्णमा १ चम्चाजति गुड (सख्खर) मिसाएर खाँदा नपुङ्सकतामा फाइदा हुन्छ र अन्य यौनजन्य समस्यामा पनि लाभ प्राप्त गर्न सकिन्छ ।
बर्राे आँखा, केश, हृदय, पाचन प्रणाली आदि धेरै अंगको उपचारमा उपयोगी हुन्छ ।