साप्ताहिक संवाददाता
जेष्ठ २५, २०७३
व्यस्त दैनिकीमा शरीरलाई तन्दुरुस्त राख्नु निकै चुनौतीपूर्ण हुन्छ । यद्यपि यस्तो अवस्थामा पनि काम र फिटनेसका लागि तालेमल मिलाउनुपर्छ ।
जतिसुकै व्यस्त भए पनि बिहानको समय आफ्ना लागि छुट्याउनुपर्छ । बिहान दौडने, मर्निङ वाक गर्ने जस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्छ ।
यदि जिम जाने फुर्सद छैन भने घरमै एब्स वर्कआउट, सूर्य नमस्कार, पुस अपजस्ता व्यायाम गर्न सकिन्छ ।
फाइबरयुक्त भोजनका साथै धेरैभन्दा धेरै हरियो सागपात एवं फल सेवन गर्नुपर्छ ।
अत्यधिक कार्बोहाइड्रेडयुक्त भोजनबाट टाढै रहनुपर्छ ।
व्यस्तताका बीच थोरै समय निकालेर अनुलोम–विलोम, कपालभाँतीजस्ता प्राणायाम गर्न सकिन्छ ।