साप्ताहिक संवाददाता
प्राश्ना शाक्य, गायिका
सांगीतिक व्यस्तता कस्तो छ ?
६ वर्षको अन्तरालपछि चौथो एकल एल्बम ‘प्राश्ना’ सार्वजनिक भएलगत्तै सांगीतिक व्यस्तता बढेको छ । एल्बमका गीत लोकप्रिय हुन थालेपछि कन्सर्टमा समेत व्यस्त भैरहेकी छु ।
एकल एल्बम तयार पार्न समय लगाउनुभयो नि ?
‘हेल्लो हाइ’, ‘आवाज’ तथा ‘उदयन’ पछि चौथो एल्बम तयार पार्ने कि नपार्ने भन्ने दोधारमा थिएँ । गीतकार नरेश भट्टराईको प्रेरणा तथा हौसलाले उहाँकै शब्दका गीतबाट चौथो एल्बमको काम थालें । इमेज एफएमको व्यस्तता तथा फुटकर गीतहरू गाइरहेकाले पनि एकल एल्बम निकाल्ने योजनामा थिइनँ ।
‘प्राश्ना’ मा कस्ता गीत छन् ?
आधुनिक गीत गाउँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिएँ, ‘आवाज देऊ...’ जस्ता गीतले पप गायिका बनाइदियो । यतिबेला म आधुनिक, लोक–आधुनिक, सेमी–पपसहित हरेक शैलीका गीत गाइरहेकी छु ।
एल्बमको सांगीतिक पक्ष कस्तो छ ?
सुनिल मास्के, फुर्वा शेर्पा, सचिन सिंह, हरि लम्साल, प्रविण बराइली आदि संगीतकारले मेरा लागि कर्णप्रिय गीत तयार पारिदिनुभएको छ । ‘म त सोझी–सोझी’ तथा ‘लामो बाटो’ शीर्षकका गीत लोकप्रिय भैसकेका छन् । शिरैमा शिरबन्दी नाच्न मिल्ने खालको छ ।
एल्बम तयार पार्नुअघिको सांगीतिक अवस्था कस्तो रह्यो ?
चलचित्रको पाश्र्व गायनमा व्यस्त भएँ । झन्डै तीन दर्जन चलचित्रमा पाश्र्व गायन गरेकी छु । त्यसबाहेक विभिन्न एल्बमका लागि दुई दर्जनभन्दा बढी पप तथा आधुनिक गीत गाएँ । केही गीतबाट पुरस्कृतसमेत भएँ । कन्सर्टहरूमा पनि व्यस्त थिएँ ।
अबको योजना के छ ?
‘प्राश्ना’ सार्वजनिक भएपछि सांगीतिक कार्यक्रमहरूबाट आउने निमन्त्रणा स्वीकार गर्न थालेकी छु । भर्खरै कतार तथा अस्ट्ेरलिया पुगेर आफ्ना गीत प्रस्तुत गरें । आगामी दिनमा रेडियो तथा संगीतलाई समानान्तर रूपमा अघि बढाउने निर्णय गरेकी छु ।
म त सोझी सोझी गीतको म्युजिक भिडियो