जेष्ठ २८, २०७३
१० जना प्रतिस्पर्धीलाई पछि पार्दै रुपन्देहीकी रेश्माले प्रथम मिस डायमन्ड रूपन्देहीको उपाधि जितेकी छिन् ।
तेस्रोलिंगीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न प्रतियोगितामा दिलाशा क्षेत्री फस्ट रनर्सअप तथा अन्जली थापा सेकेन्ड रनर्सअप भए । प्रतियोगितामा बेस्ट क्याटवाक जेविका गैरे, बेस्ट फिगर मीरा, मोस्ट ट्यालेन्ट अन्जली थापा, बेस्ट पर्सनालिटी रोशनी तथा बेस्ट कल्चरलको उपाधि दुर्गा बोहराले जिते ।
उक्त नतिजा घोषणा निष्पक्ष नभएको भन्दै प्रतियोगी जिना रानाले सेकेन्ड रनर्सअपको उपाधि अस्वीकार गरेपछि आयोजकले निर्णायकलाई नतिजा पुनरावलोकन गर्न लगाएका थिए ।