साप्ताहिक संवाददाता
जेष्ठ २९, २०७३
हामी प्राकृतिक चिजको नक्कल गरेर पनि स्वास्थ्य–लाभ लिन सक्छौं ।
रूखको स्वरूपमा गरिने आसनलाई वृक्षासन भनिन्छ । मानसिक तनाव कम गर्न यस्तो आसन लाभदायक मानिन्छ ।
यो आसन गर्न सावधान मुद्रामा उभिनुपर्छ ।
दुवै खुट्टाबीच केही दूरी बनाउने । त्यसपछि हातलाई टाउकोमा माथी उठाएर जोड्ने ।
अब दाहिने खुट्टा थोरै मोडेर अर्को खुट्टाको जाँघमा टेकाउने । बाँया खुट्टाको सन्तुलन कायम राख्दै हात, टाउको र कुम एकसाथ सिधा बनाउने ।
यस्तो आसनमा आफूले सकेसम्म उभिनुपर्छ । केही समयपछि अर्को खुट्टालाई त्यस्तै आसनमा राख्ने ।
यस किसिमको आसनले खुट्टालाई बलियो बनाउँछ । स्नायुमण्डलको विकास गरेर खुट्टालाई स्थिरता प्रदान गर्छ ।
यसबाट खासगरी मोटोपन भएका व्यक्तिले लाभ उठाउन सक्छन् ।