साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७३
भदौ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ब्रासलेट’ को एउटा रोमान्टिक गीत ‘मेरो जिन्दगीमा...’ लाई प्रचारप्रसारको रुपमा सार्वजनिक गरिएको छ ।
दीपक शर्माको संगीत तथा शान्तिप्रियको शब्द रहेको यो गीतमा यूवराज चौलागाईं तथा दुर्गा परियारको पाश्र्व गायन छ । निर्मल शर्माद्वारा निर्देशित, केशव भट्टराईको निर्माण रहेको यो चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिता ठाकुर आदि कलाकारले अभिनय गरेका छन् ।
ब्रासलेटको मेरो जिन्दगीमा गीत