साप्ताहिक संवाददाता
गायक सत्यराज आचार्यले एउटा भव्य सांगीतिक समारोहमार्फत आफ्ना गजलहरुको नयाँ एल्बम ‘मधुशाला’ सार्वजनिक गरेका छन् । शनिवार राती सोल्टी होटलमा आयोजित सांगीतिक समारोहमा भजनशिरोमणी भक्तराज आचार्य, गायक सत्यराज आचार्य तथा उनका गायक भाइ स्वरुपराज आचार्यसहित आचार्य परिवारले उक्त एल्बमको सामुहिक विमोचन गरेका हुन् ।
एल्बमले आफैंमा एउटा कीर्तिमान कायम गरेको छ । गजलको इतिहासमा पहिलो पटक कुनै पनि एक जना स्रष्टाको शब्द, संगीत तथा स्वरमा एउटा गजल एल्बम सार्वजनिक भएको हो । ‘मधुशाला’ का गजलहरुमा सत्यराजको शब्द, संगीत तथा स्वर संगीत सुन्न सकिन्छ । एल्बममा ‘मधुशाला’, ‘काली’, ‘आज एउटा’, ‘याद तिम्रो’, ‘आउ तिमी’, ‘नचलाउ मलाई’, ‘जिन्दगीको’ तथा ‘हामी पनि’ शीर्षकका गति सुन्न सकिन्छ ।
सांगीतिक क्षेत्रका लोकप्रिय अनुहारहरुको बाक्लो उपस्थितीमा गायक सत्यराज आचार्यले समारोहमा एल्बमका सबै गजलहरु प्रत्यक्ष गाएका थिए । आधा दर्जन बाद्यवादकले सत्यराजलाई साथ दिएका थिए । समारोहको उत्तराद्धमा एल्बममा समावेश दुई वटा गजलका म्युजिक भिडियो पनि प्रिमियर गरिएको थियो ।
गोरी भन्दा काली मनपर्योको म्युजिक भिडियो