साप्ताहिक संवाददाता
जेष्ठ ३१, २०७३
एक युवकले आफ्नी बिरामी गर्लफ्रेन्डका लागि अनलाइनमार्फत सहयोग मागेका छन् ।
ग्रेनेडियन्सको युनियन टापुमा बस्ने २९ वर्षीय जेरेमी ट्रोनोटकी गर्लफ्रेन्ड जोए स्क्याफर एक दुर्घटनामा घाइते भएकी थिइन्, जसका कारण उनी अहिले ओछ्यानमै छिन् । उनको हेरचाह तथा नियमित रूपमा फिजियोथेरापी गराउनेलाई ट्रोनोटले पुरस्कार दिने घोषणा गरेका हुन् ।
२७ वर्षीया जोएलाई पूर्णरूपमा निको हुन ५ महिना फिजियोथेरापी गराउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।