जेष्ठ ३२, २०७३
युरो–२०१६ मा दर्शकका लागि टिकट एउटा ठूलो समस्या हुनेछ । यसको कारण हो, धेरै नक्कली वेबसाइटले नक्कली टिकट बेच्न काम गरे ।
आयोजक फ्रान्सले के स्पष्ट पारिसकेको छ भने टिकटमा उल्लेख गरिएको नाम भएको व्यक्तिले मात्र रंगशालामा गएर खेल हेर्न पाउनेछ । त्यसका लागि दर्शकले आफ्नो परिचयपत्र पनि देखाउनु पर्नेछ । टिकटमा कुनै पनि प्रकारको गडबडी देखिए सम्बन्धित दर्शकलाई स्टेडियममा प्रवेश दिइने छैन ।
अहिलेसम्म गरिएको अनुसन्धानमा के देखिएको छ भने इङलिस समर्थकले सबैभन्दा बढी नक्कली टिकट किनेका छन् । फ्रान्सेली प्रहरीले नक्कली टिकट बेच्ने वेबसाइटहरूमाथि कारबाही सुरु गरिसकेको छ ।