साप्ताहिक संवाददाता
स्व. राजा वीरेन्द्रको सम्पत्ति सरकारको नाममा हुनुपर्छ (स्व. वीरेन्द्रको प्रयोगविहिन सम्पत्ति) । प्रयोगविहीन सम्पत्ति सदुपयोग गर्नुपर्छ ।
ओम यादव
हरिया सागसब्जी, काउली, ब्रोकाउलीले मधुमेहको समस्या ठीक गर्ने रहेछ (केही घरेलु उपचार) । मानिसहरू ठूलो अस्पताल पुगेर धेरै पैसा खर्च गर्छन् । आखिर समयमै ख्याल गर्ने हो भने उपचार सरल हुने रहेछ ।
गणेश अर्याल
खनाल सर, हजुरको घरका भित्ताहरू अध्ययन, अध्यापन, उपाधि, मान–सम्मान वा कदरपत्रहरूले भरिएका होलान् (अन्तर्वार्ता : कृत्रिम सम्बन्धका कारण दरबार हत्याकाण्ड भएको थियो : कृष्ण खनाल) । त्यसो भन्दैमा मैले आगोमा नौनीको रोटी पकाएर खाए भन्नुहोला, के सबैले पत्याउलान् त ?
भोला सुवेदी
ताप्ली पोखरी सुन्दर लाग्यो (ट्राभल एन्ड लिजर : थुम हेर्न ताप्ली पोखरी) । साप्ताहिकले ओझेलमा परेका यस्तै पर्यटकीय ठाउँहरूलाई स्थान दिँदै जाओस् ।
नरेश खनाल
ह्याङओभर हटाउने उपाय मन पर्यो (टिप्स : ह्याङओभर हटाउने उपाय) । यति सामान्य कुराले पनि मानिसलाई तनाव दिइरहेको हुन्छ ।
दिपेश राई
युवाहरू स्वदेशमै बस्ने वातावरण बनोस् (शनिबारदेखि युवा वैज्ञानिक सम्मेलन हँुदै) । विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाली युवाहरूले फड्को मार्न सकून् र नेपालमा यस्ता कार्यक्रमहरू निरन्तर भैरहून् ।
सिर्जना पौडेल
मिस एसएलसी बन्न सफल भएकोमा मोनिका गुरुङजीलाई बधाई छ (इभेन्ट, मिस एसएलसी) । जीवनमा अरू सफलता पनि मिल्दै जाओस् ।
दीपेन्द्र कथित