साग स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरले हङकङगेली नेपालीहरु सँगै च्यारिटी हाईकिङ (पदयात्रा) गरेका छन ।
“स्वास्थ्य नै धन” हो भन्ने नाराको साथ आयोजित उक्त पदयात्रा सहारा क्लव हङ्कङले आयोजना गरेको हो । पिक ट्रामबाट शुरु गरिएको पदयात्रा हङकङ पार्क, क्विन्स पार्क हुँदै एबरडिन कन्ट्री पार्कमा पुगेर समापन भएको थियो । पदयात्रामा विद्यार्थी, ब्यापारी, कुटनीतिक नियोगका अधिकारी, संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालको झल्को दिन हङकङमा रहेका प्राकृतिक र रमणीय स्थानहरु अवलोकनसँगै खेलकुदको विकासको लागि पनि च्यारिटी पदयात्राको आयोजना गरिएको क्लबका अध्यक्ष दिपक गुरुङले बताए ।
धावक मानन्धरसँगै पहिलो ओलम्पियन तथा पूर्व अन्तराष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई पनि एक कार्यक्रमबीच सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा वाणिज्यदूत बलराम धामीले दोसल्ला, प्रमाणपत्र प्रदान गरेका थिए ।
राष्ट्रिय प्रतिभालाई सम्मान गर्दा नयाँ पुस्तामा पनि सकारात्मक सन्देश जाने सहाराका प्रमुख सल्लाहकार तुलसी गुरुङले बताउनु भयो ।