साप्ताहिक संवाददाता
चार वर्षअघि नेपाली चलचित्रको निर्माण फर्मुला नै परिवर्तन हुने गरी आएको चर्चित चलचित्र ‘लुट’को सिक्वेल तयार हुँदैछ ।
उतिबेलाकै कलाकार, निर्माता तथा निर्देशकले निर्माण गर्ने दोस्रो पटकको यो प्रयास सफल होला वा असफल, यसै भन्न सकिँदैन । चलचित्र बनाउनुभन्दा पहिले निर्माणपक्षले यसको टिजर (छोटो टिजर) बनाए र युट्युबमार्फत रिलिज गरे । एक दिनमै उक्त टिजर एक लाखभन्दा बढी पटक हेरियो, ‘लुट’को चार वर्ष पुरानो क्रेज जो थियो ।
युट्युबका भ्युअर्सहरू यसरी ह्वात्तै बढेबाट अनुमान लगाउन सकिन्छ कि ‘लुट–२’ ले पक्कै पनि सफलता पाउनेछ, तर भ्युअर्सहरूमध्ये केहीले हाकुकालेको भूमिकामा रहेका सौगात मल्लको नक्कली जुल्फी अर्थात् लामो कर्ली केशप्रति इंगित गर्दै लेखेका छन्— केश नक्कली हो भने थाहा हुन्छ ।
उतिबेला सौगातले हाकुकालेको चरित्रका लागि साँच्चै केश पालेका थिए, अहिले उनको केश छोटो छ । त्यसैले नक्कली केश लगाइदिनु निर्देशकको बाध्यता होला । तैपनि सुहाउने खालको केश डिजाइन गरिएको भए राम्रो हुन्थ्यो कि ? एउटा कुरो नि ।