साप्ताहिक संवाददाता
विश्व बजारमा छोटो समयमै लोकप्रिय भएको वानप्लस स्मार्टफोन नेपाली बजारमा पनि उपलब्ध छ । अहिले उक्त स्मार्टफोनका ३ वटा मोडलमात्र नेपाल भित्रिएको छ ।
पहिलो चरणमा वान प्लस एक्स अनलाइनबाट बिक्री सुरु गरेको कम्पनीले छोटो समयमै लोकप्रियता हासिल गरिरहेको छ ।
५ इन्चको गोरिल्ला ग्लास ३ एचडी एमोलेड स्क्रिन रहेको वनप्लस एक्समा २ दशमलव ३ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ । ठिक्कको साइज र आकर्षक लुक्सका कारण यसले जो–कोहीलाई लोभ्याउँछ । यसमा ३ जीबी र्याम छ, जसले यसको पर्फमेन्स राम्रो बनाएको छ । १ सय ३८ ग्राम तौलको यो स्मार्टफोन हलुका र स्लिम देखिन्छ । अक्सिजन ओएसमा आधिरित एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टमयुक्त वनप्लस एक्स स्मार्टफोनलाई मार्समेलो अपरेटिङ सिस्टममा अपग्रेड गर्न सकिन्छ ।
यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । १६ जीवी आन्तरिक स्टोरेज क्षमताको यो फोनलाई १२८ जीवीसम्म बढाउन सकिन्छ । २५२५ एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनलाई एकपटक चार्ज गरेपछि लगातार ८ घण्टासम्म कुरा गर्न सकिन्छ । फोरजी सुविधा भएको यो स्मार्टफोनमा २ वटा नानो सिम मात्र प्रयोग गर्न मिल्छ । वानप्लस एक्सको मूल्य २८ हजार ९ सय रुपैयाँ छ ।