साप्ताहिक संवाददाता
असार ७, २०७३
अभिनेता महेश शाक्य चलचित्र क्षेत्रमा ‘कर्मा’ उपनामले चिनिन्छन् । रंगमञ्चबाट चलचित्रमा आएका यी अभिनेताले हालसम्म करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन्, तर दर्शकको मनमा बस्न भने असफल भैरहेका छन् ।
आफूले अभिनय गरेका चलचित्रमा केही न केही प्रयोग गर्न रुचाउने कर्माले यतिबेला चलचित्र ‘लुकामारी’ का लागि सबैभन्दा ठूलो प्रयोग गरेका छन्, आफ्नो केश रंग्याएर । काठमाडौंका ठेट नेवार ‘युनिक महर्जन’ को भूमिकामा प्रस्तुत भएका कर्माले कोरियन शैलीको हेयर स्टाइल बनाउने क्रममा केश रंग्याएका हुन् । श्रीराम दाहालद्वारा निर्देशित ‘लुकामारी’ मा कर्माले नायिका सुरबिना कार्कीसँग रोमान्स गरेका छन् ।