साप्ताहिक संवाददाता
प्रेमको परिभाषा ठूला–ठूला कवि तथा विद्वान्ले पनि दिन सकेका छैनन्, वास्तवमा प्रेमको परिभाषा छ जस्तो पनि लाग्दैन ।
प्रेम भनेको एउटा अभूतपूर्व अनुभव हो, कसैका बारेमा सोच्नु अनि त्यसै खुसी हुनु, संसार रमाइलो लाग्नु आफैंमा अचम्मको अनुभव हो ।
कसैको रूप, कसैको धन अथवा अरू कुनै कुराबाट प्रभावित भएर गरिएको प्रेम हो भने त्यो दिगो नरहन सक्छ ।
प्रेममा सबैभन्दा ठूलो कुरा एक–अर्काप्रतिको सम्मान हो, जबसम्म एक–अर्काप्रति सम्मान हुँदैन, तब सम्बन्ध पनि दिगो रहँदैन ।
एक–अर्काको भावनाको ख्याल गर्नु एकदम अनिवार्य हुन्छ, एक जनाले मात्र एकोहोरो सबै कुराको ख्याल राख्ने, अर्कोले मैले माया गरेकै छु अरू के चाहियो र ? भन्ने व्यवहार गर्नु हुँदैन ।
उपहारले पनि प्रेमलाई ताजगी दिन्छ । ठूलो–ठूलो, औकातले नै धान्न नसक्ने होइन, तर सानो–तिनो उपहारले पनि ठूलो खुसी दिन्छ । यसले एक–अर्काप्रतिको स्नेह बढाउन मद्दत गर्छ ।
हामीले एक–अर्कालाई बुझेकै छौं, भनिरहनुपर्छ र ? भन्ने भावनाले प्रेममा कमी ल्याउन सक्छ ।
प्रेममा व्यस्ततालाई कहिल्यै बहाना बनाउनु हुँदैन ।
एक–अर्काको पीर–मर्का तथा समस्या मन दिएर सुन्ने र त्यसलाई हल गर्न मद्दत गर्दा पनि प्रेम बढ्छ ।