साप्ताहिक संवाददाता
असार ९, २०७३
नाकबाट रगत बग्ने समस्यामा केही घरेलु विधी अपनाएर त्यसबाट मुक्त हुन सकिन्छ ।
यदि नाकबाट रगत बग्यो भने सबैभन्दा पहिले आरामसाथ बस्नुपर्छ अर्थात् आफ्नो बसाइको अवस्थिति बदल्नुपर्छ ।
यदि रक्तश्राव भैरहेको छ भने नाकलाई १० मिनेटसम्म थिचेर राख्नुपर्छ । यतिबेला मुखबाट सास लिन सकिन्छ ।
शरीरको तापमान घटाउने प्रयास गर्नुपर्छ । चिसो पेय पिएर पनि शरीरको तापमान घटाउन सकिन्छ ।
नाकबाट रक्तश्राव भैरहे कुनै नोजल स्प्रे पनि प्रयोग गर्न सकिन्छ । यसले नाकको रक्त वाहकलाई कसिलो बनाउँछ ।
रक्तश्राव रोकिएको केही घण्टासम्म नाकबाट कपास झिक्नु हुँदैन ।