साप्ताहिक संवाददाता
काठमाडौंको हावा निकै प्रदूषित छ । यसले गर्दा आममानिसको स्वास्थ्यमा ठूलो असर परिरहेको छ । सरोकारवालाहरूले यतातिर ध्यान पुर्याउनुपर्यो । कसरी हुन्छ यसको न्यूनीकरणतिर लाग्नुपर्यो ।रिदम कार्की
नेपालको सार्वजनिक सम्पत्ति जस्तै विद्युत्, दूरसञ्चार, सडक, खानेपानी आदि संरचनालाई आन्दोलनका नाममा जबसम्म भत्काउने, बिगार्ने राजनैतिक दलका दलालहरू एवं तिनका नेतृत्वलाई उचित व्यवस्थापन गर्न सकिँदैन तब सम्म सार्वजनिक सम्पत्ति र संरचना विस्तार गर्नुको अर्थ छैन ।
राजन लोहनी
हाम्रा नेताहरूको आचरण नसुध्रिँदासम्म देशमा परिवर्तन सम्भव छैन । कार्यकर्ता र जनता पनि उत्तिकै दोषी छन् यसमा । सबै कुरामा चुप लागेर बसे सुधारको सम्भावना अझ क्षीण हुन्छ ।
सरोजा लिम्बू
सार्क सम्मेलनका बेला काठमाडौंका सडकमा रोपिएका बिरुवाको संरक्षण आवश्यक छ भने थप बिरुवा रोपेर हराभरा पार्नु पनि त्यत्तिकै जरुरी छ । रूख–बिरुवाले सहरको शोभा बढाउँछन् ।
प्रदीप सिग्देल
नेपाल प्राकृतिक स्रोत र साधनमा धेरै धनी देश हो । राजनीतिक स्थिरता कायम गरेर स्रोत र साधनहरूको अधिकतम उपयोग गर्नुपर्यो । यसो गर्दा धेरैले रोजगारी पाउँछन् । परिणामस्वरूप केही हदसम्म युवा शक्ति पलायन हुने क्रम पनि रोकिन्छ ।
माया माया
नेपालमा कामभन्दा कुरा धेरै हुन्छ, त्यसैले पहिले हामी जनता नै सुध्रिनुपर्यो । देश त आफैं सुध्रिन्छ ।
ठकुरी अनुप हमाल