गत वर्षसम्म अंग प्रदर्शन गरेर हडकम्प मच्चाइरहेकी सोफिया हायातले रंगरंगीला क्षेत्रलाई बाई–बाई गर्दै धर्म गर्दै नन बनेकी छिन् ।
क्रिस्चियन धर्मको भिक्षुणी अर्थात् नन बनेकी सोफियालाई अब मदर सोफियाका रूपमा सम्बोधन गरिनेछ । फोटोसुट गरेर आफ्ना नग्न–अर्धनग्न स्वरूपहरू सार्वजनिक गरेकी सोफियामा एकाएक परिवर्तन आएको बताइन्छ । सिलिकन राखेर ब्रेस्ट इम्प्लान्ट गरेकी सोफियाले आफ्नो स्तनको सिलिकन पनि झिकेकी छिन् । सिलिकन झिकेपछि उनको वक्षस्थलको आकार प्राकृतिक स्वरूपमा फर्किएको छ । सोफियाले आफूमा ल्याएको परिवर्तनका कारण सिंगो बलिउड नगरी नै छक्क परेको छ ।
हालै आयोजित एक पत्रकार सम्मेलनमा सोफियाले आफ्नो वक्षस्थलमा राखिएको सिलिकन देखाइन् । आफूलाई हट सावित गर्न थुप्रै पटक सर्जरीको सहारा लिएको उनले बताइन् । ‘अब म यो रंगीन दुनियाँबाट अलग्गिएकी छु, आफूलाई परिवर्तन गरेकी छु’ सोफियाले भनेकी छिन्– ‘मेरो शरीरले अहिले शारीरिक सम्बन्धको आवश्यकता पनि महसुस गर्न छोडेको छ । मैले सन् २०१५ को जुलाईदेखि कसैसँग शारीरिक सम्बन्ध राखेकी छैन ।’ सोफियाका अनुसार सिलिकन राखिएको ब्रेस्ट झूटो थियो, म त्यसैलाई सत्य मानेर रमाइरहेकी थिएँ । आफ्नो स्तन स्पर्श गर्न बलिउडका थुप्रै हस्ती लालायित भएको समेत उनको दाबी छ ।