साप्ताहिक संवाददाता
असार १०, २०७३
धिमाल समुदायको सांस्कृतिक पर्व जात्रि समापनको अवसरमा आयोजित ढोल बजाउने प्रतियोगितामा झापाको लालधोन्द्रा प्रथम भएको छ । मोरङको उर्लाबारीस्थित धिमाल परियोजना स्थलमा भएको उक्त प्रतियोगितामा झापाको अर्नाखाडी दोस्रो तथा झापाकै जम्मुझार तेस्रो भएका छन् ।
यसैगरी धिमाल फाउन्डेसन नेपालले आयोजना गरेको ढोल लिग प्रतियोगिताअन्तर्गत झापाको अर्नाखाडी प्रथम भएको छ । उक्त प्रतियोगितामा दोस्रो जम्मुझार, तेस्रो रिङगुवा, चौथो लालधोन्द्रा र पाँचौं दुम्रीघात भए ।
प्रत्येक गाउँ र टोलमा भएको प्रतियोगिताको नतिजाका आधारमा अंक प्रदान गरिएको र असार २ गते धिमाल परियोजना स्थलमा भएको नतिजालाई पनि आधार मानी विजेता घोषणा गरिएको बताइन्छ ।